बैतडी नरेश नायक- नेपाल स्काउटको ७२ औं स्थापना दिवस बैतडीमा वृक्षा रोपण गरे मनाइएको छ । जिल्लको डिलाशैनी ७ मा रहेका डिलाशैनी मावि खेतगाउँमा वृक्षारोपण कार्यक्रम गरेर स्काउटको स्थापना दिवस मनाइएको स्काउटका डिलाशैनी संयोजक तेजराज जोशीले बताए ।
विद्यालयमा सरसफाइका साथै वृक्षारोपण गरिएको उनले बताए । स्काउटले विपद् व्यवस्थापन सम्बन्धि, जनचेतनामुलक कार्यक्रमका साथै आपतविपद्मा सहयोग गर्दै आएको उनले बताए । विद्यार्थीहरुमा अनुशासन, खेलकुद, राष्ट्रप्रेम लगायतका बिषयमा जानकारी समेत दिने गरिएको संयोजक जोशीले बताए ।
स्काउटका गतिविधिहरुलाई अगाडि बढाउन डिलाशैनी गाउँपालिकाले सहयोग गर्दै आएको छ । स्काउटले एक वर्ष देखि डिलाशौीमा गतिविधि सञ्चालन गरिरहेको छ । नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना विसं २००९ सालमा भएको हो।
बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक,मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन स्काउटको स्थापना भएको हो ।