डडेल्धुरा नरेश नायक-अजयमेरु गाउँपालिका-०६ मा सुर्तिजन्य पदार्थ तथा मदिरा न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको समन्वय तथा प्रादेशिक स्वास्थ्य प्रर्वद्धन कार्यालय कञ्चनपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष हरि सिह भण्डारीले बताए।
देवल माबि र चेतना माबि राजुलमा सुर्तिजन्य पदार्थ तथा मदिरा न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। दुईटै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सुर्तिजन्य पदार्थ र मदिरा न्यूनिकरण, बालविवाहा र साइबर अपराध न्यनिकरक बारेमा जानकारी एवम् छलफल गरिएको वडा अध्यक्ष भण्डारीले बताए।
यसैगरि सोहि कार्यक्रममा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिबिध सचेतना मुलक कार्यहरुको बारेमा छलफल गरेको जनाईएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमले सामुदायिक प्रहरी र नागरिकबीच राम्रो समन्वय, समुदाय तथा विद्यालयमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिएको वडा अध्यक्ष भण्डारीले बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक सुरेन्द्र प्रशाद जोशीले प्रशिक्षण दिएका थिए। कार्यक्रममा गैर सरकारी सस्थां माहासंघ डडेल्धुराका अध्यक्ष शिबराज पाठकको पनि सहभागिता रहेको थियो।