बैतडी नरेश नायक –डडेल्धुराको अजयमेरु गाउँपालिका–०१ का महिलाहरुलाई प्रविधिहस्तातरण गरिएको छ। “सिप सिकौ रोजगार बनौ” भन्ने नाराका साथ प्रविधि हस्तातरण गरिएको गाउँपालिका उपाध्यक्ष बसन्ति पालले बताए।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तंरगत प्रविधि हस्तातरण गरिएको जनाईएको छ। केहि समय अगाडी व्यावसायिक तरकारी सम्बन्धि आधारभुत तालीम लिएका महिलाहरुलाई अजयमेरु गाउँपालिका उद्योग बिकास शाखाको आयोजनामा प्रविधि हस्तातरण गरिएको गाउँपालिका उपाध्यक्ष पालले बताए।
प्रविधिहस्तातरण गरिएका महिलाहरुलाई केहि समय अगाडी व्यावसायिक तरकारी सम्बन्धि आधारभुत तालीम दिईएको थियो। सोमबार गाउपालिका अध्यक्ष उमेश प्रशाद भट्ट, उपाध्यक्ष बसन्ति पाल लगायतको उपस्थितिमा प्रबिधि हस्तातरण गरिएको थियो।
तरकारी खेति गर्नमा केहि हदसम्म भएनि सहज होस भनेर प्लाष्टिकको ट्याङ्कि, पोलेथेन पाईप, बिषादि छर्कने सानो ट्याङ्कि रु पार्न छर्किने हजारी हस्तातरण गरिएको जनाईएको छ।