बैतडी नरेश नायक
डडेल्धुराको आलिताल गाउँपालिकामा जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सु.प.प्र. ०१–००१–क १६८३ नम्बरको जेसिबि आलिताल गोदाम बजारबाट आलिताल गाउँपालिका–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना हुदा बझाङ घर भएका बर्ष २५ का कमल बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो।
जेसिबि सडक भन्दा २५ देखि ३० मिटर तल खसेको आलिताल प्रहरी चौकीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।