कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाहरूको परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएकालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार राहतस्वरुप उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
कोशीमा बाढी र पहिरोको कारण ९ जनाको मृत्यु भैसकेको छ । २८ जना वेपत्ता छन् ।