नरेश नायक
बैतडी-शिबनाथ गाउँपालिका–०६ बसेडिभ्वाको तल्लो गोर्रा गाडमा पुल निर्माण हुदा स्थानियलाई आवाज जावतमा सहज भएको छ। वडा अध्यक्ष भरत राम पार्कीले आफ्नो कार्यकालको पहिलो वर्षमा तल्लो गोर्रा गाडमा पुल निर्माण गर्दा स्थानियलाई आवाज जावतमा सहज भएको हो। वडा अध्यक्ष पार्कीले भने, ‘पानी परेको बेला शिबनाथ मन्दिर जाने बाटोमा पर्ने गोर्रा गाडमा पुल थिएन, जसले गर्दा आवाज जावतमा समस्या भएको थियो। वडाको बजेटबाट पुल निर्माण गरिएको उनले बताए। तल्लो गोर्रा गाडमा पुल निर्माण हुदा स्थानियबासि पनि खुसी भएको वडा अध्यक्ष पार्कीले बताए। यसैगरि वडा अध्यक्ष पार्कीले आफ्नो एक बर्षे कार्यकालमा जनताको हितमा काम गर्न सकिएको बताए। शिक्षा क्षेत्रको गुणस्तर सुधार, शिक्षक र अभिभावकलाई समन्वय गरि अन्र्तक्रिया कार्यक्रम, जेष्ठ नागरिको स्वास्थ्यको ख्याल गर्दै निःशुल्क आँखा शिबिर सञ्चालन, वडामा एकल पुरुषलाई बाख्रा वितरण, प्रधानमन्त्री रोजगार सम्बन्धि नागरिकलाई अभिमुखिकरण लगायत थुप्रै काम गर्न सकिएको वडा अध्यक्ष पार्कीले बताए। यस आर्थिक वर्ष २०७९÷०८० को योजनाहरुको करिब ९० प्रतिशत काम सशक्त ढङ्ले सम्पन्न गरिएको र बाकि रहेको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य रहेको समेत जनाए। जनताको मतले निर्वाचित भएर आएपछि सधै जनताको हितमा काम गर्दै अगाडी बढ्ने उनले बताए।