बैतडी नरेश नायक- लागुऔषध चरेशसहित बैतडीका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका १ नानराका ५० वर्षीय कमलकुमार राना रहेका छन् । रानालाई आज दिउँसो दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ् गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा रानाका साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको हो । रानालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।