बैतडी,नरेश नायक
डडेल्धुराको जंगलमा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आइतबार बिहान फेला परेको बम साझ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो ।
आइतबार बिहान जिल्लाको लितालको आलिताल गाउँपालिका–१ रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र बम फेला परेको थियो ।
स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनासँग समन्वय गरि दह ब्यारेकबाट बम डिस्पोजल टोली बम फेला परेको स्थानमा परिचालन गरिएको थियो ।