हरिश भट्ट काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्न नसक्दा नेपालले घरेलु टीम जिम्बावेसँग फराकिलो हार व्यहोरेको छ ।
टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९१ रनको लक्ष्य जिम्बावेसामु प्रस्तुत गरेको थियो । दोस्रो ओभरमा जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले ४४।१ ओभरमा लक्ष्य पूरा गर्दै नेपालमाथि शानदार ८ विकेटको जीत निकालेको हो ।
नेपालका बलरहरु सोमपाल कामी र गुलशन झाले एक(एक विकेट लिनुबाहेक अरु बलर चल्न सकेनन् ।
जिम्बाबेसामु बलियो योगफल बनाए पनि नेपालका मुख्य बलरहरु नै महँगा साबित भए । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । १० ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।