बैतडी नरेश नायक – बैतडीको सतबाँझमा रहेको एकपसलमा चोरी भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ स्थित सतबाँझ बजारमा सञ्चालित बाशुलिङ्ग ट्रेर्डस एण्ड सप्लार्यसमा गत बिहीवार राति चोरी भएको हो ।
पसल अगाडी राखेका एक बण्डल सरिया बिहीवार राती गायब भएका व्यवसायी हरिश पाण्डेले बताए । सोही दिन दिउँसो सतबाँझ बजारमा सिसीटिभी क्यामेरा जडान गरिएका थिए । दिउंसो सिसी क्यामेरा जडान गरिएकोमा राति सरिया चोरि भएका हुन् ।
महाकाली राजमार्गको दार्चुला सडकखण्डमा रहेको पाण्डेको पसल अगाडीबाट यस अघि पनि सरिया चोरी भएका थिए । जेठ १० गते पनि एक बण्डल सरिया चोरी भएका व्यवसायी पाण्डेले बताए । एब बण्डलमा करिब १ क्विन्टल ६ किलो सरिया हुने गरेको उनले बताए ।
सरिया चोरी भएपछि उनले प्रहरीमा निवेदन दिएका छन् । चोरि गर्ने गिरोह पत्ता लागेको छैन् । सतबाँझ प्रहरीले पिडीतको निवेदन परेको भन्दै अनुसन्धान भैरहेको बताएको छ । सुर्नया गाउँपालिकाको सतबाँझ बजारमा जेठ ३२ गते बिहीवार ४ ओटा सिसी क्यामेरा जडान गरिएका हुन् ।