नरेश नायक
टाढा रहेका नागरिकको समस्यालाई ध्यानमा राखेर अमरखेतमा सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य केन्द्रको भवनमा शुक्रबारदेखि सेवा सुरु भएको कोटपेटरा स्वास्थ्यचौकीका इन्चार्ज महेश बोहराले बताए । स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सुरक्षित प्रसूती सेवाका साथै अन्य सेवाहरु सञ्चालन भएका उनले बताए । सामुदायिक स्वास्थ्य केन्द्रमा अहिले एकजना अहेब र एकजना अनमी खटाइएको छ भने एकजना अनमी थप्ने तयारी भइरहेको बोहराले बताए ।
अमरखेतमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि सहज हुने अपेक्षा गरिएको कोटपेटरा स्वास्थ्यचौकीका इन्चार्ज बोहराले बताए । स्वास्थ्यचौकीबाट टाढा रहेको बस्तीलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।