हरिश भट्ट काठमाडौँ ः बेलायतका एक १२ वर्षीय बालकले ६ बलमा ६ विकेट हात पारेर दुर्लभ कीर्तिमान कायम गरेका छन् । ब्रोम्सग्रोभ क्रिकेट क्लबबाट खेलेका १२ वर्षीय ओलिभियर ह्वाइटहाउसले कुकहिल क्लबविरुद्ध ६ बलमा ६ विकेट हात पारेको रोयटर्सले जनाएको छ ।
ह्वाइटहाउसले समग्रमा ८ विकेट हात पार्दा एक रन पनि खर्चिएनन् । क्रिकेटमा ह्याट्रिक पूरा गर्न पनि कठिन हुने अवस्थामा उनले दोहोरो ह्याट्रिक पूरा गरेका हुन् ।