हरिश भट्ट काठमाडौं ः एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। हङकङविरुद्धको खेल टस पनि नभई रद्द हुँदा नेपालको यात्रा समूह चरणमै सीमित भयो। यससँगै नेपालको सेमिफाइनल खेल्ने सपना पनि अधुरै भएको छ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ९ रनको पराजय बेहोरेको थियो। दोस्रो खेलमा भारतसँग पनि वर्षाकै कारण खेल हुन नसक्दा नेपालले अंक बाडेको थियो।
प्रतियोगितामा नेपालले ४ खेलमा २ अंक जोड्न सक्यो। नेपाल रहेको समूहबाट अब भारत र पाकिस्तान सेमिफाइनल खेल्नेछन्। नेपालसँग अंकबाडेसँगै हङकङ पनि बाहिरिएको छ।