कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेबबाट लागूऔषधसहित ३६ वर्षीय करन ओड पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनी ११० ग्राम लागुऔषधसहित बिहीबार साँझ पक्राउ परेका हुन् । उक्त लागूऔषध सोही स्थानका गणेश बुढाको पसलबाट ल्याएको भन्ने खुल्न आएपछि गणेशलाई समेत पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले जनाइएको छ ।