बैतडीको पाटन नगरपालिका १ मेल्चौरा स्थित सिद्धेश्वर माविमा कक्षाकोठा अभावमा पठनपाठन समस्या भैरहेको छ । कक्षा ९ र १० मा विद्यार्थी सङ्ख्या बढी र कक्षाकोठा सानो हुँदा पठनपाठनमा समस्या भैरहेको विद्यालयका प्रधानाध्यपक प्रकाश लुहारले बताए । थप शेक्सन सञ्चालन गर्न शिक्षक दरवन्दी अभावमा नसकिएको र एउटै कक्षामा ८०/९० जना विद्यार्थिहरु हुँदा पठनपाठन समस्या भैरहेको उनले जानकारी दिए ।
उनले कक्षाकोठा सानो हुँदा व्यवस्थापनमा समस्या भैरहेकाले त्यसको प्रभाव पठनपाठनमा समेत परेको बताए । विद्यालय भवन र शिक्षकको व्यवस्थापनका लागि नगरपालिकालाई माग गर्दै आएको पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यपक प्रकाश लुहारले जानकारी दिए । माध्यामिक तहमा विज्ञान बिषयको शिक्षक दरबन्दीको समेत अभाव रहेको जनाइएको छ ।
यता नगरप्रमुख गौरीसिह रावलले नगरपालिकाले शिक्षक व्यवस्थापनका लागि आवश्यक प्रशास गरीएको बताए । उनले बिज्ञापन विषयको दरबन्दीका लागि शिक्षा विकास तथा समन्वय इकाइ संग माग गरिएको जानकारी दिए starbuletin