बैतडीको पुर्चाैडी नगरपालिकालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । बुधबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको हो ।
पालिका भित्रका १६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरूले नियमित राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिनाेद कुमार कुवँरले जानकारी दिए ।
पुुर्चाैडी नगरपालिका भित्र १६ महिनादेखि ५९ महिना सम्मका २ हजार ४२७ बालबालीका रहेका छन् । घरधुरी सर्वेक्षणको क्रममा खोप तालिका अनुसार तीन बालबालिका छुटेका र उनीहरूलाई बाँकी खोप लगाइसकेपछि बुधबार नगरपालिकालाई खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको कुवँर बताए ।
कुवँरले नगरपालिकाको खोप समन्वय समितिले आज १० ओटै वडालाई पूर्ण खोपयुक्त वडा प्रमाणीकरण प्रमाण प्रदान गरिएको जानकारी दिए । यस्तै नगरपालिका पूर्ण खोपको स्तर कायम रहेको भन्दै जिल्ला खोप समन्वय समिति समक्ष सिफारिस गएिको उनले बताए ।
जिल्लाको पुर्चाैडी सहित पाटन, मेलौली, दशरथचन्द नगरपालिका, सिगास, शिवनाथ र डिलाशैनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।