बैतडी-पञ्चेश्वर गाउँपालिका-०१ मा रहेको डुग्रीखान माबिमा बिद्यार्थी बेहोस हुन थालेका छन। बिगत तिन हप्तादेखि बिद्यार्थी बेहोस हुन थालेको बिद्यालयका प्रधानाध्यापक नरेन्द्र सिह साउदले बताए। बिद्यालयमा बिद्यार्थी हुन थालेपछि पठनपाठन प्रभावित भएको उनले बताए।
विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने जस्ता समस्या देखा परेको जनाईएको छ। बढिजसो समस्या छात्राहरुमा आउने गरेको प्रधानाध्यापक साउदले बताए। दैनिक चार पाच जना बिद्यार्थीहरुमा यो समस्या आउने गरेको उनले बताएका छन।
बिद्यालय सञ्चालनको समयमा यो समस्या आउने गर्दा बिद्यार्थी, शिक्षक र अभिभावकहरु चिन्तित बनेका छन। यो बिद्यालयमा गत बर्ष पनि बिद्यार्थी बेहोस समस्या देखिएको जनाईएको छ। विद्यार्थीहरू बिहानको समयमा लाइनमा लागेका वेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेको बिद्यालयले जनाएको छ।
बिद्यार्थीहरुमा यो समस्या देखिएपछि स्थानिय स्वास्थ्य चौकिमा लैजाने गरेको बिद्यालयका प्रधानाध्यापक साउदले बताए। उनले भने, “बिद्यार्थीहरु बेहोस भएपछि स्वास्थ्य चौकिमा लग्छौ त्यसपछि निको हुन्छ।’
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थीहरू रुने, कराउने, काँप्ने, बेहोस हुने समस्या मास हिस्टेरियाले हुने गरेको बताए। उनले भने, ‘शुरुमा कुनै एक विद्यार्थी मास हिस्टेरिया भएको र त्यसपछि अरूमा पनि देखिएको हो। शुरुमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्न सके समस्या समाधान हुन्छ।’
विद्यार्थीमा यस्तो समस्या देखिन थालेपछि जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठ केही दिन विद्यालय बन्द गर्न सुझाव दिन्छन्। उनले भने, ‘शुरुमा एक विद्यार्थीमा यस्तो समस्या देखिने र बिस्तारै अरूमा पनि यस्तो लक्षण देखिन थाल्छ, विद्यालय बन्द गरेर भए पनि नियन्त्रण गर्न सकिन्छ।’