बैतडीको सुर्नया गाउँपालिका २ स्थित सतबाँझ बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा चोरी डकैती संगै आपराधिक क्रियाकलापहरूको नियन्त्रणका लागि बिहीबार क्यामेरा जडान गरिएको हो ।
गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवँरले जिल्ला प्रहरी कार्यालयको समन्वयमा सतबाझ बजार क्षेत्रमा ४ ओटा सिसिटिभी क्यामेरा जडान गरिएको बताए । बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गर्न क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।
सिसिटिभी क्यामेरा जडान कार्यक्रममा अध्यक्ष कुवँर सहित उपाध्यक्ष मन्जु महरा बोहरा, प्रवक्ता प्रताप महरा लगायतको उपस्थिति रहेको थियो ।