काठमाडौ ः राष्टिय प्रजातन्त्र पार्टि (राप्रपा) का साँसद एवंम प्रमुख सचेतक ज्ञानेन्द्र शाही बिहिबार राती अष्ट्रेलिया प्रस्थान गर्दैछन । उहाँ आज राती १२ बजेतिर चाइना उताइन एयरमार्फत अष्ट्रेलिया जान लागेका हुन ।
साँसद शाही दश दिने भ्रमणका लागी अष्ट्रेलिया जान लागेको उनका सचिवालयले जानकारि दियो ।
ज्ञानेन्द्र शाहीकको पहिलो भ्रमण अष्ट्रेलिया नै हो त्यहाँ आफ्नो व्याक्तिगत कामका साथै बिभिन्न कार्यक्रममा सहभागी जनाउन जान लागेका हुन । कार्यक्रममा नेपालको उन्नती प्रगति कसरि गर्न सकिन्छ लगायतका विभिन्न बिषयमा छलफल गर्ने कार्यक्रम रहेको हुदाँ उहाँ अष्ट्रेलिया जान लागेका हुन । उनको सचिवालयको भन्यो ।
उनको १० दिने भ्रमण सकिएपछि मात्र नेपाल फर्किने सचिवालयले जानकारि दिएको छ ।