बैतडीको मेलौली नगरपालिका वडा नं ७ र ८ मा वन अतिक्रमण गरी बनाइएका दुई दर्जनबढी अवैध संरचना भत्काइएको छ । दुवै वडामा सामुदायिक वन अतिक्रमण गरी बनाइएका २७ घर टहराहरु भत्काइएको हो ।
कोटीगाउँ सामुदायिक वन र चापछाड सामुदायिक वनमा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रशाद कंडेलले जानकारी दिए । वन अतिक्रमण गरी बिगत लामो समयदेखि घर टहरा बनाईएका संरचनाहरु भत्काइएको उनले बताए ।
वन अतिक्रमण गरी किराना पसल, हाडवेयर व्यावसाय र मील समेत सञ्चालन गरीरहेको पाइएपछि घरटहरा भत्काइएको उनले बताए । सामुदायिक वनको सक्रियता नहुनु र राजनितिक आडमा वन अतिक्रमण गर्ने गरेको उनले बताए ।