काठमाडौंः नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ। जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको थियो। तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो। दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो।