काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माटो झार्ने एक गाडीलाई १५ हजार जरिवाना तिराएको छ ।
महानगर प्रहरी बलले रोशन कन्स्ट्रक्सनको गाडीलाई सडकमा माटो झारेको भन्दै सो जरिवाना तिराएको हो ।
गाडीले थापाथलीदेखि त्रिपुरेश्वरसम्म माटो झारेको महानगर प्रहरीले जनाएको छ ।
महानगर प्रहरीले अव्यवस्थित संरचना हटाउने अभियानलाई पनि जारी राखेको छ ।
यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको घर टहरामा पनि महानगरले डोजर लगाउँदै आएको छ ।
यस्तै पछिल्लो समय महानगरले सामाखुसी खोलको खोजी पनि जारी राखेको छ ।