काठमाडौं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा अहिले नेपाल र पाकिस्तान ए को खेल जारी छ ।
हङकङमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म पहिलो सफलता हात परेको छ ।
हङकङको मङकङ क्रिकेट मैदानमा पाकिस्तान ए ले १ विकेटको क्षतिमा ३ दशमलव ३ ओभर बलिङ गर्दै २० रन बनाएको छ ।
इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।