काठमाडौंको एक होटलमा युवायुवती मृत फेला परेका छन्।
सोमबार बिहान साढे ११ बजेतिर टोखा नगरपालिका-९स्थित गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपालमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
उनीहरू उक्त होटलको दोस्रो तलामा रहेको १०५ नम्बरको कोठामा मृत फेला परेका हुन्।
मृतक गोरखा शहीद लखन गाउँपालिका-१ घर भएका २१ वर्षीय दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौलीकी २६ वर्षीया मुस्कान वयक छन्।
दिनेश शौचालयभित्र चुकुल लगाएर र मुस्कान कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको एसपी रिजालले बताए।
मुचुल्का उठाएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको परिसरले जनाएको छ। शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।