पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई सोमबार नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोमोसो दलेका छन् । सोमबार क्वार्टरमा पुगेर उनीमाथि नेविसंघका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएपछि कालोमोसो दलिएको विद्यार्थी नेता योगराज दाहालले बताए ।
सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमानी गरेको, पटकपटक औपचारिक रूपमा उठाएको माग सम्बोधन गर्न चासो नदेखाएपछि कालोमोसो दलेको विद्यार्थीहरुले बताएका छन् ।