काठमाडौंः काठमाडौं उपत्यकाभित्र चर्को शुल्क असुलेको भन्दै चार विद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ।
छात्रवृति वितरण अपारदर्शी भएको र मनपरी शुल्क लिएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो।
नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुल, काष्ठमण्डप स्कुलमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारी काठमाडौंका उपाध्यक्ष जनक ढुंगानाले जानकारी दिए।
ढुगांनाले अन्नपूर्णसँग भने, ‘विद्यालयहरूले विभिन्न बाहनामा अवैध ढंगले शुल्क लिएको पाइएपछि पटक पटक विद्यालयले नमानेका कारण स्कुल तालाबन्दी गर्न बाध्य भएका हौं। छात्रवृति वितरण प्रक्रिया पनि अपारदर्शी भयो।’