बैतडीको शिबनाथ गाउँपालिका-०४ मा रहेको पिपलकोट माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माण हुने भएको छ। बिद्यालयका पुर्ब बिद्यार्थीको पहलमा सरस्वती मन्दिर निर्माण र सरस्वती मुर्ति स्थापना हुने भएको बिद्यालयका प्रधानाध्यापक तेज बहादुर चन्दले बताए।
पुर्ब बिद्यार्थीहरुले आफुले अध्ययन गरेको बिद्यालयमा सरस्वती मन्दिर निर्माण र सरस्वती मुर्ति स्थापना गर्छौ भनेर भनेपछि मन्दिर निर्माण हुने भएको जनाईएको छ। बिद्यार्थीहरुको आग्रहलाई बिद्यालय ब्यवस्थापन समितिले समर्थन गरि निर्णय गरेको प्रधानाध्यापक चन्दले बताए।
बिद्यालयमा रहेको सरस्वतीको पुरानो मन्दिर बिभिन्न कारणले भत्कीएकाले पुर्ब बिद्यार्थिको सक्रियतामा नयाँ मन्दिर निर्माण हुने भएको हो। मन्दिर निर्माणका लागि अहिले देश तथा बिदेशबाट आर्थिक संकलन कार्य भईरहेको छ। हालसम्म करिब ४० हजार रुपैया संकलन भईसकेको जानकारी गरिएको छ।
यो पुण्य कामको लागि देश तथा बिदेशमा रहेका बिद्यालयका पुर्ब बिद्यार्थी, अभिभावक, शिक्षाप्रेमि र सरोकारवाला सबैमा आर्थिक सहयोगका लागि अनुरोध गरिएको छ। मन्दिर निर्माण कार्य केहि दिनपछि सञ्चालन हुने बसन्त पञ्चमिका दिन उद्घाटन गरिने बिद्यालयले जनाएको छ।
आर्थिक सहयोगका लागि बिद्यालयद्धारा जारी गरिएको सुचना ।
