बैतडीको सुर्नया गाउँपालिकाले ग र घ वर्गको परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। कार्यपालिकाबाट ग र घ वर्गको अपाङ्ग परिचयपत्र प्राप्त गरेका व्यक्तिहरुलाई बार्षिक एकमुष्ट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णयअनुसार उनीहरुलाई भत्ता वितरण गरिरहेको गाउँपालिका उपाध्यक्ष मन्जु महरा बोहराले जानकारी दिइन् ।
आइतबार गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का अपाङगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । उपाध्यक्ष बोहराका अनुसार वडा नम्बरमा ६ का ग वर्गका २ जना, वडा नम्बर ७ का ग र घ वर्गका अपाङ्गता भएका १÷१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
यस्तै वडा नम्बर ८ का ग वर्गका ९ जना र घ वर्गका १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई भत्ता वितरण गरिएको जनाइएको छ ।