काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरूलाई जनताको अपेक्षा पूरा गर्न कठिन भएको गुनासो गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले सांसदहरूलाई जनताले विभिन्न गुनासो गर्ने गरेको भन्दै जनताको गुनासो र अपेक्षा पूरा गर्न कठिन भएको बताए । सांसदहरूको हैसियतलाई वडाध्यक्षको स्तरमा पुर्याउने काठमाडौंका मेयर बालेन्द्र शाहको अभिव्यक्ति व्यवहारिक रूपमा सही भएको उनको भनाइ थियो ।
बजेटमा आयोजनाको वितरणमा जनताको गुनासो देखिएको र पहुँचका भरमा आफ्नो क्षेत्रमा धेरै बजेट लाने प्रवृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै गिरीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट गएको धारणा राखनुभयो ।
उहाले सरकारले हरेक वर्ष अपरान्ह चार बजेमात्रै बजेट भाषण गर्ने प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताए ।