नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो भए प्रजातन्त्र पनि बलियो हुने बताएका छन्।
नेपाल डेमोक्रेटिक लयर एशोसिएसन (डिएलए नेपाल) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार चितवनमा सम्बोधन गर्दै उनले कांग्रेस बलियो भएमा प्रजातन्त्र पनि बलियो हुने बताएका हुन्।
‘नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ। त्यसका लागि सबै मिलेर अघि बढौं,’ उनले भने।
नेकपा (एमाले)ले ७० वर्षे उमेर हद हटाएको बारे टिप्पणी गर्दै आफू अब कांग्रेस सभापतिमा नदोहोरिने बताएका हुन्।
‘हामी कहाँ त्यस्तो छैन। तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन,’ उनले भने।
उनले कानुन व्यवसायीहरू पनि अझ बढी सक्षम भएर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताए।