कैलालीमा बस र कार आपसमा ठोकिएका छन्। जिल्लाको गोदावरी नगरपालिकाको खैराना पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा बस र कार आपसमा ठोकिएका हुन्।
शनीवार राति पूर्वबाट पश्चिम आउदै गरेको ना ४ ख ७२६९ नम्बरको बस र सोही दिशा तिर आउदै गरेको बागमती प्रदेश ००१०२५ च ९३६७ नम्बरको कार ठोकिएका छन्। दुर्घटनामा एक जना घाइते भएका छन्।
बसमा सवार धनगढीका ५४ वर्षिय खडक केसी घाईते भएका हुन्। उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।