-बैतडीको मेलाैली नगरपालिकाकाे नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सपना कार्कीले पाउनुभएकाे छ ।
यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका जगदीश जाेशीकाे गृह मन्त्रालय सरूवा भएपछि कार्कीलाई जिम्मेवारी दिईएकाे हाे ।
कार्कीलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन,२०७४ काे दफा ८४ काे उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि बढीमा २०८० असार मसान्तसम्मकाे लागि जिम्मेवारी दिईएकाे हाे ।
अधिकृतस्तर छेटाै कार्की यसअघि मेलाैली नगरपालिकाका प्रशासन शाखामा कार्यरत हुनुहुन्थ्यो ।