बैतडिको मेलौलीमा बिपन्न सदस्यहरुको आय आर्जन सुधार कार्यक्रम सञ्चालन हुने भएको छ। मेलौली नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुुसार बहुक्षेत्रीय पोषण योजनाको शसर्त अनुदान अन्तंरगत पोषण सुधारका लागि बिपन्न सदस्यहरुको आय आर्जन सुधार कार्यक्रम सञ्चालन हुने जनाईएको हो।
मंगलबार एक सुचना जारी गर्दै बिपन्न समुदायको महिला सहकारी वा महिला आमा समुहलाई बिपन्न सदस्यहरुको आय आर्जन सुधार कार्यक्रम हुने जनाईएको हो। बिपन्न समुदायका सुनौला हजार दिनका घर परिवार लक्षित आय आर्जन क्रियाकलाप सञ्चालन गर्न अनुदानका लागि प्रस्ताब आह्वान गरिएको हो।
नगरपालिका भित्रका कार्य क्षेत्र भई सञ्चालनमा रहेका महिला, महिला आमा समुह कार्यक्रम, स्थानिय बिकास कोष, स्थानिय साशन तथा सामुदायिक बिकास कार्यक्रम, नागरिक सचेतना केन्द्र, कृर्षि बिकास, पशु बिकास, घरेलु बिकास र सहजिकरण गठन गरी २ बर्षदेखि क्रियाशिल सहकारी तथा समुहबाट बहुक्षेत्रिय पोषण शाखा अथवा महिला बालबालिका शाखामा निबेदन दिन सकिने जनाईएको छ।
