कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट सोमबार १० जना जुवाडे पक्राउ परेका छन्।
वडाबाट खटिएको प्रहरी र जिल्लाको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो। भिमदत्त नगरपालिका–४ बसपार्क स्थित लालबहादुर चौधरीले सञ्चालन गरेको होटलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका –११ का वडा अध्यक्षसमेत रहेका प्रकाश थापा, भिमदत्त नगरपालिका–३ का धिरज चन्द, भिमदत्त नगरपालिका– ४ का सन्जु रानामगर, भिमदत्त नगरपालिका– १८ का नारायन चन्द, भिमदत्त नगरपालिका –१ का राकेश साउँद, देवराज नाथ, शेर सिँ विष्ट, धर्मराज भट्ट र हर्क बोहरा रहेका छन्।
उनीहरुको साथबाट नगद १ लाख ५६ हजार दुई सय ९५ रुपैँया सहित ६ थान तास बरामद गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए।