राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रममा सहभागी हुनुको कुनै औचित्य नै नभएको बताएका छन्।
शनिबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल क्रममा उनले जेठ १५ आउने बजेटको लागि अहिले बोलेर कुनै फाइदा नहुने तर्क गरेका हुन्।
‘अब हामीले यहाँ बोलेर के हुन्छ र? प्रधानमन्त्रीले आज जवाफ दिनुहुन्छ। भोलि बजेट आउँछ। अब हामीलाई पाठ पढाएको जस्तो मात्रै भयो। यसमा बोल्नु र नबोल्नुमा कुनै मान्य भएन,’ उनले भने।
अहिले कुनै विषयमा बोलेर पनि समावेश हुन नसक्ने उनले बताए।