काठमाडौं: प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ। शुक्रवार बेलुका ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक आज शनिवार बस्ने भएको हो।
प्रतिनिधिसभाको बैठक विशेष कारणवस शुक्रवार नियमित हुन नसकेकाले शनिवार अपराह्न ४ बजेको लागि तय गरिएको हो। सङ्घीय संसद्धारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिवार दिनको ४ बजे बस्ने निर्धारण गरिएको छ।”