काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि संयम भित्र भ्रष्टाचार विरुद्ध ठूलाठूला एक्सन हुन लागेको बताएका छन् ।
प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवं २१ औँ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनमा साथ दिने दाबी गरे ।
उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौँ करोडौँ जनताको साथ पाएका थियौ, त्यसै गरी अब पनि हामी साथ पाउनेछौ । अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरङ्ग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौ ।’
प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताए ।
आफूहरू नेतृत्वमा गएदेखि सफल पार्ने तत्त्व लागिपरेको भए पनि आफूहरू घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पुरा गर्नका लागि पनि आफूहरूले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए ।