नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।
फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ परेकी हुन्। प्रहरीले उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरू भएको छ। उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर बयान लिन सुरु गरिएको हो।
शुक्रबार पक्राउ परेकामध्ये केहिको बयान गराइएको छ भने अन्यको बयान आइतबारबाट निरन्तर हुने काठमाडौं अदालते जनाएको छ। सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसमा आरोपितहरूलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने आदेश हुनेछ। उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो।