धनगढीमा आउनुभएका पूर्व राजाको भोलि कैलालीको अत्तरियामा स्वागत गरिने भएको छ।
आइतवार नेपालगन्जबाट सडक मार्ग हुँदै नागरिक अभिनन्दनका लागि धनगढी आउनु भएका राजालाई विहान ११ बजे स्वागत गर्ने कार्यक्रम तय भएको अत्तरियाका युवा समाजसेवी हरि भट्टराईले बताए। आइतवार धनगढी आउँदा राजाको अत्तरियामा रोकिएर नागरिकहरूबाट स्वागत ग्रहण गर्ने कार्यक्रम निर्धारित नभएकाले उपस्थित स्थानीयबाट पुष्पगुच्छा लिन नसकिएको भट्टराईले बताए।
विज्ञापन
स्थानीयको मनोभावना बुझेर राजाले सर्वसाधारणलाई मङ्गलवार विहान भेट्ने तय भएको भट्टराईले बताएका छन्।