घरटहरा खाली गराएपछि चुरे गाउँपालिका–४ टाकगडा र पनेरुगडाका स्थानीयले बिचल्लीमा परेको बताएका छन्।
शनिवार वन प्रशासनले घर टहरामा आगो लगाएको उनीहरुको आरोप छ। घरटहरा भत्काएर आफुहरुलाई बिचल्लीमा पारेको भन्दै पीडितहरुले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना समेत दिएका छन। वास्तविक पहिरोपिडितहरुको उचित व्यवस्थापन नगरेर अमानवीय ढङ्गबाट वन प्रशासनले बल प्रयोग गरेको उनीहरुको गुनासो छ।
डिभिजन वन कार्यालयले जेठ ६ गते चुरे गाउँपालिका–४ को टाँकगडा र पनेरुगडाको अतिक्रमित वन क्षेत्र खाली गराइएको थियो। डिभिजन वन कार्यालयले एक सय पाँच हेक्टर वन क्षेत्र खाली गराइएको थियो। शनिवार टाँकगडाका एक सय ३५ घरटहरामा डोजर चलाएर वन क्षेत्र खाली गराइएको थियो।