बैतडीको सुर्नया गाउँपालिकाले योजनाहरूको अनुगमनमा तिव्रता दिएको छ । पालिकाले चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका योजनाहरूको अनुगमनलाई तिव्र पारिरहेको हो । आइतबार गाउँपालिकाको वडा नम्बरमा सञ्चालनमा रहेका ६ ओटा योजनाहरूको अनुगमन गरीएको गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक मन्जु महरा बोहराले जानकारी दिइन् । यस्तै वडा नम्बर १ देखी ४ सम्म चालु आर्थिक वर्षका लागि बिनियोजित योजनाहरूको अनुगमनको काम सम्पन्न भएको उनले बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले सञ्चालित योजनाहरूको अनुगमन गरेर मात्रै भुक्तानी गरिने बताए । ‘सबै योजनाहरूको अनुगमन गरिरहेका छौ’ उनले भने ‘अनुगमनका क्रममा त्रुटि भेटिए स्टमेटअनुसार काम गर्न लगाएर मात्रै भुक्तानी गर्छौ ।’ हाल सम्म अनुगमन सम्पन्न भएका अधिकांश योजनाहरूको प्रभावकारी नै देखिएको अनुगमन समितिका संयोजक बोहराले बताइन् । आइतबार वडा नम्बर ४ मा गरिएको अनुगमनमा वडा सदस्य नरेश महरा, महिला वडा सदस्य लिला महराको सहभागिता रहेको थियो ।