काठमाडौं: आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो। प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल–जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ। साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८र७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।