पूर्व राजालाई धनगढीमा नागरिक अभिनन्दन गर्ने तयारी पूरा भएको छ।
धनगढीमा जेठ ६ गते पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने मुल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्दन गरिने समारोह मुल अायाेजक सिमितका सदस्य प्रकाश सिंह नायकले बताए।
नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको नायकले बताए। जेठ ६ गते सुदूरपश्चिमका हजारौं मानिस र समाजिक नागिरक अगुवा लगायत जनप्रतिनिधि समेत पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने कुरा नायकले जानकारी दिनु भएकाेछ ।