कञ्चनपुरका दुई पत्रकार प्रहरीबाट कुटिएका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालमा दुई पत्रकार प्रहरीबाट कुटिएका हुन्। तस्कर समूह र प्रहरी बिचको लफडाको समाचार संकलनका लागि गएका पत्रकार ऐश्वर्या कुँवर र राजेन्द्र नाथ प्रहरीबाट कुटिएका हुन। पत्रकार समहासंघ, सुदूरपश्चिमले पत्रकार कुटिएको घटनाको बिरोध गरेको छ।
सीमारेखाडटकममा कार्यरत पत्रकार नाथमाथि प्रहरी निरीक्षक सीताराम विष्टले कुटपिट गरेको आरोप छ। उनले भने, ‘फोटो किन खिचेको ? कसको अनुमतिमा फोटो खेचेको भन्दै प्रहरी पत्रकारमाथि जाइ लागेका हुन्।’ नाथले थपे, ‘म दोधाराचाँदनीबाट रिर्पोटिङ्ग गरेर महेन्द्रनगर अफिस फर्किदै थिए, सुकासालमा कुनै भिडभाँड थियो, के रहेछ, भनेर स्कुटर पार्किङ्ग गरेर घटनाको फोटो खिच्दा प्रहरी निरीक्षक सीताराम विष्टले सुरुमै मोबाईल खोसे।’ उनलाई प्रहरीले कुटपिट गर्दै पक्राउसमेत गरेको हो।
घटनाको फोटो र भिडिओ खिचेको भन्दै पत्रकार कुँवर पनि खुटिएकी हुन्। उनले प्रहरीले तस्करबिचमा लफडा भएको घटनाको समाचार संकलनमा जाँदा प्रहरीबाट कुटाइ खाएको बताएकी छन्। तस्करहरुको समूहको आक्रमणबाट घाइते भएका प्रहरीको परिचय सोधेकाले कुटाइ खाइएको उनले बताइन्। उनलाइ पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगिइएको थियो। पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र अवस्थीसहितको समूह राति जिल्ला प्रहरी कार्यालय पुगेको थियो।
पत्रकार नाथसँग प्रहरी निरीक्षक विष्ट र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्वले माफि समेत मागेका छन्। पत्रकारका संगठनहरुले घटनाको बिरोध गरेका छन्।