प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका सागर ढकालले कोठा भाडा नतिरेको पाइएको छ। ढकालले आठ महिना देखिको भाडा नतिरेको पाइएको ह ।
शेरबहादुर देउवाविरुद्द निर्वाचन लडेर पराजित भएका ढकालले डडेल्धुराको अमरगढी नगरपालिका-५ विद्युत् रोडमा कोठा भाडा लिएर आठ महिना देखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।
भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर होमिएका ढकालले देउवालाई पराजित गर्ने भन्दै देशविदेशबाट लाखौं रकम उठाएको पनि डडेल्धुरामा चर्चा छ।melauli news