निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा कुनै सुत्केरी महिलाको मृत्यु नभएको अस्पताल प्रशासनले जनाएको छ।
विभिन्न सञ्चार माध्यममा आएजस्तो अस्पतालमा कुनै सुत्केरी महिलाको मृत्यु नभएको भन्दै समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्ष भएको जनाएको छ। ‘समाचारमा उल्लेख भए अनुसार कुनै पनि महिलाको हाम्रो हस्पिटलमा मृत्यु भएको छैन’ निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना नै गरेर उपचारको क्रममा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको प्रस्ट पारेको छ। सञ्चार माध्यममा उल्लेख गरिएकी गौरिगंगाकी हिरा चौधरी उच्च रक्तचापकाकारण राति अस्पताल आउँदा प्रारम्भिक उपचार गराएर फर्केकी र सरला सिलाधरको मृटुको समस्याका कारण घरमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।