आज बाँके जिल्लाको नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन सभालाई सम्बोधन गर्दै पुर्व राजा ज्ञानेन्द्र शाहले ‘अब हामी राष्ट्रको पुरानो गौरव फर्काकउन उठौँ आफ्नै पाखुराको बलमा कम्मर कसौँ, के पुरुष के महिला के आजका जागरिला युवाहरु र के अनुभवि बुढापाखा सबै अब जुट्नु पर्छ’ भनेका छन ।
उनले भने नेपागञ्ज ठुलो व्यापारिक केन्द्र मानिन्छ तर पनि अहिलेको व्यवस्था अबस्थाले हामि आम नागरिकलाई पर निर्भर बनाईएको छ भन्दै अहिलेको व्यवस्था प्रति व्याङग्यात्मक प्रश्न गरेका छन । उनले अझै जोड दिएर भने हामि नेपाली समुदाय एक आपसमा मिलेर बस्ने संस्कार भएका हौँ यसलाई मध्य नजर गर्दै सर्वाङ्गिण विकास गर्नु राज्यको दायित्व रहने बताएका छन । साथै विश्वमा विकासको सर्वश्रेष्ठ निति राजनिति नै रहेको उनले बताए ।
राजतिक दलहरुले देशलाई निकास नदिए ६४ बर्ष पुरानो अवस्था आउने त्यसका लागि हामि देश जोगाउन तयार रहेका समेत जन सभामा उद्घोष गरेका छन ।