बैतडी जिल्लाको मेलौली नगरपालिकामा अनाहक तरिकाले सामुदायिक सिकाई केन्द्रको नाममा नगरपालिकाको बजेट हिनामिना गरेको पाईएको छ।
मिति २०८०/०१/१७ गतेका दिन बसेको नगर कार्यपालिकाको बैठकले बिभिन्न स्थानिय बिकासका प्रस्तावहरू माथि छलफल गरि निर्णय गरेको छ ।जस मध्ये निर्णय न.१५ को बुदा २ मा सामुदिक सिकाई केन्द्रमा काम गर्ने सामाजिक परिचालिका लाई संघिय सरकार ससर्त अनुदान अपुग भएको र कार्यालय संचालनका लागी भन्दै काम नगरि बसेका आप्ना आसेपासे हरूलाई नगरपालिकाको कर्मचारी तलब भत्ता शिर्षक बाट पाँचौ तह अनुसारको सेवासुविधा हुने गरि नगर प्रमुखको अध्यक्षतामा केहि कार्यपालिका सदस्यको मिलेमतोमा देखा देखी अनावश्यक निर्णय गरेको भन्दै वाड न. १ ,६,८का वडा अध्यक्षले नोट अफ डिसेन्ट समेत लेखेका छन । साथै आम नागरिकले उक्त निर्णय प्रति बिरोध जनाएका छन ।
मेलौली नगर कार्यपालिकाको निर्णय बाट पटकपटक पटक गलत खालका निर्णयहरू जनतालाई झुक्काउदै पारित गरेको र समाजिक दायित्व बोध नहुने व्यक्तिगत फाईदाका लागी गरिएको निर्णय सरासर गलत छ । यस्ता प्रकृतिका निर्णय गर्ने जनप्रतिनिधिहरू भ्रष्ट हुन र भ्रष्ट नै हुन। नितिगत भ्रष्टाचार रोक्न आम युवाहरू सचेत हुन जरूरि छ भन्दै वाड न. ८ का अध्यक्ष तपेन्द्र बिष्टले बताउनुभयो।
निर्णयार्थ तस्विरहरू




प्रकाशित मिति २०८०।०१।१८