बैतडीको मेलौलीमा विद्युतको सवस्टेशन निर्माण कार्य पूरा भएको छ । ३३ केभी प्रशारण लाइनका लागि मेलौलीमा सवस्टेशन निर्माण कार्य पूरा भएको हो । तल्लोसोराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत प्रशारण सहज बनाउनका लागि मेलौलीमा सवस्टेशन निर्माण गरिएको हो ।
२०७५ सालदेखि निर्माण कार्य शुरु गरिएको विद्युत सवस्टेशन निर्माण अन्तर्गत सिभिल निर्माणको सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र प्रमुख पवन भट्टले जानकारी दिए । अब इलेक्ट्रीकल निर्माणको काम सम्पन्न भएपछि सवस्टेशनबाट विद्युत वितरण हुने भट्टले बताए ।
मेलौलीमा सवस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण प्रादेशिक वितरण केन्द्र अत्तरियाले निर्माण कम्पनीसंग १२ करोडमा ठेक्का सम्झौता गरेको थियो ।