काठडमाडौं । गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार नेपाल प्रहरीको नायब महानिरिक्षक-डीआईजीमा बढुवा भएका १३ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच प्रहरी महानिरिक्षकले फुली लगाई दिएका हुन् ।
बढुवा सिफारिसविरुद्ध उजुरी परेपछि एकदिनमै छानबिन र बढुवाको काम सम्पन्न भएको थियो । बुधबार बढुवा नभएको भए विकाशराज खनाल एसएसपीबाट अवकाश हुने थिए ।